Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने, हट्ला त सेयर धितोकर्जाको क्याप ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने, हट्ला त सेयर धितोकर्जाको क्याप ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समिक्षा आज (माघ २९ गते, सोमबार) सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज साँझ मौद्रिक नीतिको अर्थ वार्षिक समिक्षा सार्वजनिक गर्नको लागि बोर्ड बैठक बोलाएको छ ।

laxmi

आज बेलुकाको बोर्ड बैंठक सकिन साथ राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकका एक सञ्चालकले बिजखबरलाई जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत सेयर धितो कर्जाको क्याप हटाउने सेयर बजारका लगानीकर्ताको बुझाई छ ।

राष्ट्र बैंकका पनि सेयर धितोकर्जाको क्याप हटाउने विषयमा छलफल भएको श्रोत बताउँछ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सीमामा व्यक्तिगततर्फको अधिकतम १५ करोड रुपैयाँ र संस्थागततर्फ भने बढेर २० करोड रुपैयाँको क्याप लगाएको छ ।

कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL