Logo

निरन्तर ओरालो लाग्दै ब्याजदर, फागुनका लागि पनि बैंकहरुले घटाए ब्याज (विवरणसहित)

निरन्तर ओरालो लाग्दै ब्याजदर, फागुनका लागि पनि बैंकहरुले घटाए ब्याज (विवरणसहित)



काठमाडौं । सुस्त कर्जा लगानीका कारण अधिक तरलताको समस्यामा बेहोरिरहेका बैंकहरुले केही महिनायता निरन्तर ब्याजदर घटाइरहेका छन् । सोअनुरुप बैंकहरुले फागुन महिनाको पनि ब्याजदर घटाएका छन् ।

laxmi

फागुन महिनामा वाणिज्य बैंकले मुद्दती निक्षेपको लागि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले फागुन महिनाको लागि औसत ब्याजदर ०.४० प्रतिशतले घटाएका हुन् ।

माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औसत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक सिटिजन्स बैंक रहेको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.९० प्रतिशत विन्दु घटाएको हो ।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस महिनामा एनएमबि बैंकले सबैभन्दा धेरै ८.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम ८.४४३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL