Logo

कामना सेवा विकास बैक र भिगोर सुपर स्पेसियालिटि क्लिनिकबिच छुटसम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र भिगोर सुपर स्पेसियालिटि क्लिनिकबिच छुटसम्बन्धी सम्झौता



काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौंको महाराजगंजस्थित भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

laxmi

सो सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL