Logo

नेपाल राष्ट्र बैंकले गर्यो पाँच मनिचेञ्जरको लाइसेन्स खारेज, यस्तो छ कारण

नेपाल राष्ट्र बैंकले गर्यो पाँच मनिचेञ्जरको लाइसेन्स खारेज, यस्तो छ कारण



काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । केन्द्रिय बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका पाँच मनिचेञ्जरले तोकेको समयमा नवीकरण नगरेको कारण राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।

laxmi

‘नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ ।

राष्ट्र बैंकले फेयर मनि एक्स्चेञ्ज प्रालि, न्यातपोल मनि एक्स्चेञ्ज प्रालि, कैलाश मनि एक्स्चेञ्ज प्रालि, ग्रेस मनि एक्स्चेञ्ज प्रालि र रूट नेपाल मनि एक्स्चेञ्ज प्रालिको लाईसेन्स खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL