Logo

नेपाल फाइनान्समा दुई नयाँ सञ्चालक नियुक्त, ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा भाद्र ११ गते

नेपाल फाइनान्समा दुई नयाँ सञ्चालक नियुक्त, ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा भाद्र ११ गते



काठमाडौं । नेपाल फाइनान्स कम्पनीमा दुई नयाँ सञ्चालकहरु नियुक्त भएका छन् । फाइनान्सको सञ्चालकरुमा रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार नियुक्त भएका हुन् ।

laxmi

रिक्त रहेको सञ्चालक पदमा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि संस्थाको ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

साथै संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ताम्राकारलाई सोही बैठकको निर्णयबाट नियुक्त गरिएको छ । ताम्राकार कृषि बिकास बैंकमा ३० बर्ष काम गरी सेवा निवृत भएका व्यक्ति हुन् ।

नेपाल फाइनान्स बिगत ५ बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा मिति २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको छ ।

फाइनान्समा अहिले योजना आयोगमा पूर्व सदस्य हिरेन्द्रमान प्रधान अध्यक्ष रहेका छन् भने उद्धबराज थपलिया प्रमुख कार्यकारी अधिकृत रहेका छन् । संस्थाको विगत ८ आर्थिक वर्षको वार्षिक साधारणसभा आगामी भाद्र ११ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL