Logo

आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता, फाईनान्सका ग्राहकले आइएमई माफर्त भुक्तानी गर्न पाउने

आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता, फाईनान्सका ग्राहकले आइएमई माफर्त भुक्तानी गर्न पाउने



काठमाडौं । आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

सम्झौता पछि आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न पाउने भएको छ ।

आइएमई पेका संचालक खिलेन्द्र पौडेल र फाइनान्सका सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL