Logo

पशुपति सहकारीले बृहत मर्जर अभियान संचालन गर्ने, मर्जर गर्न ईच्छुक सहकारीलाई सहजीकरण

पशुपति सहकारीले बृहत मर्जर अभियान संचालन गर्ने, मर्जर गर्न ईच्छुक सहकारीलाई सहजीकरण



काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सहकारी–सहकारी बीच बृहत एकीकरण अभियान संचालन गर्ने भएको छ । कम्पनीले ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहत एकीकरण अभियान संचालन गर्न लागेको हो ।

laxmi

बृहत एकीकरण संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ । यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ ।

संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहत एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जनाए ।
“स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन”उनले भने, “त्यसका लागि एक÷दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहत एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।”

अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताए ।

संघिय सरकारले आर्थिक वर्ष २०७७÷०७८ बजेट वक्तव्यमा पनि सहकारी संस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघ संस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL