Logo

नेपाल फाइनान्सको विशेष साधारणसभाबाट ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नेपाल फाइनान्सको विशेष साधारणसभाबाट ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको शुक्रबार दोश्रो विशेष साधारणसभा सम्पन्न भएको छ । सो सभाले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै ललितपुर फाईनान्सलाई प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्ने लगायतका कार्यका लागि नेपाल फाइनान्सको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल फाईनान्सको केन्द्रीय कार्यालय कमलादीमा भौतिक तथा भर्च्युअल माध्यमबाट विशेष साधारणसभा सम्पन्न भएको हो । सभामा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थिती थियो ।

सभामा शेयरधनीहरुले समस्याग्रस्तबाट फूकुवा भएको छोटो समयमा नै संस्थाले खराब कर्जा असूलिमा उल्लेखनिय प्रगती गरेको, शाखा संजाल विस्तार गरेको, ललितपुर फाईनान्सलाई प्रप्ति गर्न सफल भएकोले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हालसम्म आफ्नै इतिहास बोकेको छ । हाल संस्थाले डिजिटल बैंकिङ्ग सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार पारिसकेको, आइपीएसको शुरुवात गरिसकेको र डेविट कार्ड पनि आगामी असारभित्रै संचालन गरिसक्ने गरी तयारी गरिसकेको, आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL