Logo

अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज

अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज



काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्तरूपमा राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्।

यस प्रणाली सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले सहज र छिटो राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। प्रणालीले सेवाप्रवाहलाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउँदै चौविसै घण्टा सातै दिन सेवा सुनिश्चित गर्ने सरकारको दाबी छ। यसले राजस्व संकलनलाई द्रुत, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा लिइएको छ।

अहिलेलाई अध्यागमन विभाग र अन्तर्गतका निकायमार्फत अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा मात्र लागू भए पनि आगामी दिनमा अन्य सरकारी निकायमा समेत विस्तार गरिने योजना रहेको बताइएको छ।

नयाँ प्रणालीमार्फत मास्टर कार्ड, भिसा कार्ड, अलीपे लगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने पर्यटकले यस सेवा प्रयोग गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्