काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्स भएको छ । दुई देशका प्रधानमन्त्रीबीच केहीबेर अघिमात्रै भिडिओ कन्फरेन्स सकिएको हो । उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको बताइएको छ ।
कुराकानीमा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई भारतको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल (ट्वीटर) एक्समार्फत सो कुराको जानकारी गराएका छन् ।
कुराकानीका क्रममा भारतीय समकक्षी मोदील जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेको बताइएको छ । उनले नेपालको संविधान दिवसको शुभकामनासमेत व्यक्त गरेका छन् ।