Logo

सेयर बजारमा लगानीकर्ताको सम्पत्ति खरानी, चार मिनेटमै गुमाए दुई खर्ब ६८ अर्ब

सेयर बजारमा लगानीकर्ताको सम्पत्ति खरानी, चार मिनेटमै गुमाए दुई खर्ब ६८ अर्ब



काठमाडौं । सेयर बजारमा बिहीबार लगानीकर्ताको सम्पत्ति खरानी बनेको छ । नेप्से परिसूचकको चार मिनेटको कारोबारमा नै लगानीकर्ताले साढे २ खर्बभन्दा धेरै लगानी गुमाएका छन् ।

बिहीबार सेयर बजार खुल्नुअघि बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब २९ करोड थियो । आज बजार पुँजीकरण ४१ खर्ब ९९ अर्बमा सीमित भएको छ । जसअनुसार ४ मिनेटमा लगानीकर्ताले २ खर्ब ६८ अर्ब गुमाएका हुन् ।

जेनजी आन्दोलनका कारण पछिल्लो डेढ हप्तादेखि बन्द रहेको सेयर बजार बिहीबार खुलेपनि खुलेको पहिलो ५ मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेट कारोबार स्थगित भएको थियो ।

यस्तै २० मिनेटपछि पुनः संचालनमा आएको सेयर बजारमा पुनः ५ प्रतिशतको पहिरो जाँदा पुनः ४० मिनेटका लागि बजार बन्द भएको थियो । साथै पुनः ४० मिनेटपछि सेयर बजारमा ६ प्रतिशतको गिरावट आउँदा बिहीबारका लागि सेयर बजार बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्