Logo

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर, प्रथम उपाध्यक्षमा सुनिल पन्त

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर, प्रथम उपाध्यक्षमा सुनिल पन्त



काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर चयन भएका छन् । शुक्रबार बसेको संघको २५ ‍औं वार्षिक साधारणसभामा उनको एकल उम्मेदवारी परेकाले उनी स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।

laxmi

शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदका लागि उनको मात्रै एकल उम्मेदवारी दर्ता भएको थियो । उनी गुडवील फाईनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनीलगायत अन्य पदाधिकारीले पनि निरन्तरता पाएका छन् ।

यस्तै संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विरोध चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिंह भण्डारी निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL