काठमाडौं । विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन डायमण्डपछि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । काइरो खानी बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किलोमिटर टाढा छ ।…