काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा शपथ ग्रहण गरेका छन्। उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिका लागि सिफारिस समितिले प्रस्तुत कार्ययोजना र अन्तर्वार्ताको आधारमा सन्तोषनारायण…