काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेशलाई चैत ३१ गते राति १२ बजेसम्म लम्ब्याएको छ। दुई समुदायबीच भएको झडपपछि शनिबार साँझ ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो। स्थिति अझै पूर्णरूपमा सामान्य नभएको निष्कर्षसहित प्रशासनले कर्फ्यु थप गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कर्फ्युको…