काठमाडौं । हालै प्रकाशित प्रतिवेदनका अनुसार सन् २०२५ मा विश्वभर सौर्य (फोटोभोल्टाइक) ऊर्जा उत्पादन क्षमतामा करीब ३० प्रतिशत तथा हावाबाट उत्पादन हुने ऊर्जा क्षमतामा १० प्रतिशतभन्दा बढी वृद्धिको अपेक्षा गरिएको छ। फोटोभोल्टाइक ऊर्जा भन्नाले सूर्यको प्रकाशलाई सिधै विद्युत् ऊर्जा (बिजुली) मा रूपान्तरण गर्ने प्रविधिबाट प्राप्त ऊर्जा हो। यस प्रविधिमा विशेष प्रकारका अर्धचालक पदार्थ (जस्तै सिलिकन)…