काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उनले आज (आईतबार) दिउँसो महासंघ केन्द्रिय कार्यालय टेकूमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।उनीसँगै उनको समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा सुरकृष्ण बैद्यले उम्मेदवारी दर्ता गराएका छन् भने वस्तुगत उपाध्यक्षमा शकुन्तलाल हिराचनले उम्मेदवारी दर्ता गराएका छन्…