काठमाडौं । संखुवासभामा निर्माणाधीन नौं सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संखुवासभा जाँदैछन् । आयोजनाको काम ७० प्रतिशत बढी काम सकिएको छ । आज प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।…