काठमाडौं । दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो…