काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एन्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । ५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा…