काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् । भारतमा चुनाव जितेर लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेमा मोदी दोस्रो नेता बनेका छन् । यसअघि उक्त कीर्तिमान भारतका प्रथम प्रधानमन्त्री…