काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ । विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका-प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन । उक्त कम्पनीले १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो ।…