काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत ‘ईजी लोन’ सुविधा प्रदान गर्न सम्झौता भएको हो । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।…