काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ । कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नदीमा पानीको सतह बढेर आए पनि काम गर्न सकिने जानकारी…