काठमाडौं । मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बुधबार पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोकार भईरहेको थियो ।…