काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट विद्युत आयात गर्न १५ महिनाको लागि नयाँ विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिल सन् २०१८ बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो ।…