काठमाडौं । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा डेडिकेटेड प्रसारण लाइन बनाउने भएको छ । आईतबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा उर्जा मन्त्रालयमा सो विषयमा छलफल भएको थियो । सोही छलफलको आधारमा उक्त विमानस्थलमा विद्युत प्राधिकरणले डेडिकेटेड प्रसारणलाईन बनाउने सहमति भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।…