काठमाडौं । हिमालय एअरलाइन्सले विदेशमा रहेका नेपालीको उद्धार उडानको भाडादर र मिति सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक सूचना जारी गर्दै भोली अर्थात मंगलबारदेखि २० जुनभित्र गरिने चार्टर्ड उडानको भाडादर र उडान तालिका सार्वजनिक गरेको हो। हरेक चार्टर्ड उडान हुनको लागि कम्तीमा ८५ प्रतिशत टिकट बिक्री हुनुपर्ने कम्पनीले बताएको छ। कम्पनीले सबैभन्दा पहिला १६ जुनमा…