काठमाडौं । कोरोना भाइरसका कारण गम्भीर बिरामी परेका व्यक्तिको ज्यान जोगाउनका लागि सस्तो र सुलभ औषधि भेटिएको छ । यूकेका विज्ञहरूले बताएअनुसार सर्वसुलभरूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्नेछ । कउक्त औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको विज्ञहरुको भनाइ छ। यसले भेन्टिलेटरमा राखिएका बिरामी…