काठमाडौं । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन्…