Logo

चीनले भन्यो-नेपाल हाम्रो छिमेकी मित्र हो, कोरोना रोकथामका लागि नेपाललाई स्वास्थ्य सामाग्री चाँडै आपूर्ति गर्छौ

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले कोरोना भाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति चाँडै गर्ने प्रष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले कोरोना महामारीविरुद्ध नेपाललाई सक्दो सबै सहयोग गर्ने घोषणा गरेका हुन् । ‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ…