Logo

सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुनः नियुक्त

सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुनः नियुक्त



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल पुनः नियुक्त भएका छन ।

बैशाख २४ गते बिहान वसेको वित्तीय संस्थाको संचालक समितिको ८६ औं बैठकले जेठ १ गतेबाट लागु हुने गरि थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पौडेललाई नियुक्ति गरेको हो ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा बिभिन्न पद हुदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था २०७४ असार ३० गतेबाट सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL