Logo

सबै स्थानीय तहमा स्वास्थ्य बीमा, साढे ७ अर्ब बिनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा सबै स्थानीय तहमा स्वास्थ्य बीमा सुरु गर्ने भएको छ । आगामी आवको बजेटमार्फत कम्तिमा ५० प्रतिशत घरपरिवारलाई बीमाको दायारामा ल्याइने भएको हो । यसका लागि ७ अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।