काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमल्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्णय अनुसार तिमल्सिनालाई उक्त जिम्मेवारी तोकेको हो। निलम ढुङ्गाना तिम्सिना राष्ट्र बैंकको उच्च तहको व्यवस्थापनमा लामो अनुभव भएकी अधिकारी हुन्। गभर्नर पद…