काठमाडौं । विश्वका धनीहरुको सूचीमा ठूलो उथलपुथल देखिएको छ । अमेरिकाको अग्रणी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । उनी फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार बेजोसको कुल सम्पत्ति १४७ मिलियन डलरले घट्यो तर, अर्नाल्टले ६.७३ बिलियन डलर गुमाए ।…