काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पूरक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आज (बुधबार) भएको सुनुवाइपछि न्यायाधीश कपिलमणि गौतमको इजलासले १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतका श्रेस्तेदार रामु…