काठमाडौं । स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई अनिवार्य रुपमा गाउँ विकास समितिको कार्यालयमै बसेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमवार यस्तो निर्देशन दिएको हो । गाविसबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा झन्झटिलो र ढिलासुस्ती भएको भन्दै स्थानीय विकास मन्त्रालयमा गुनासो बढेको थियो । यस्तै सतर्कता केन्द्रले गरेको अनुगमनले पनि सार्बजनिक निकायबाट प्रदान हुने सेवा…