काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मुख्य कार्यसम्पादन सूचकाङ्कसहितको मूल्याङ्कन विवरण पेश गर्दै उनले यो दाबी गरेका हुन्। मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।…