काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उनी लागिपरेका हुन् । प्रचारभन्दा पनि परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएको छ । संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको…