काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने गरेको दाबी गरेका छन् । प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा रास्वपा सांसदले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । अहिलेको सरकारले हाम्रो मान्छे नभई राम्रो मान्छेलाई उपयुक्त ठाउँमा राखेको उनले बताए । रास्वपा सांसदले सोधेको ‘आफैंले नियुक्त गरेका कारण सरकार असफल…