काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षको स्वागत गरेका हुन् । नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनाससहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुइँचो रहेको छ । नयाँ…