काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिने प्रस्ताव अघि सारेकी छन्। उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै सीमित रहने र पार्टीको अभियानकारी भूमिकामा अन्य सक्षम व्यक्तिलाई मौका दिनुपर्ने बताउँदै पदबाट राजीनामा दिने प्रस्ताव राखेकी हुन् । श्रेष्ठले कार्यवाहक सभापति डिपी अर्याललाई बुझाएको प्रस्तावमा ‘एक व्यक्ति, एक पद’ सिद्धान्त…