काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नेपाल सरकार नेपाल९भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र…