काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔं–प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो । सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ–…