काठमाडौं । काठमाडौं जिल्ला अदालतले साइबर अपराधको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले धरौटीमा छाड्ने निर्णय गरे पनि आपराधिक विश्वासघात सम्बन्धी अनुसन्धान जारी रहेकाले उनी तत्काल रिहा हुने छैनन्। यसअघि, प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरी अनुसन्धान गर्न…