काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा विहीबारदेखि सुरु भएको सम्मेलन आइतबार समापन भएको हो । घोषणा पत्रमा सिंगापुर कन्वेन्सनमा हस्ताक्षर र अनुमोदन गर्न, हिमाल संरक्षण र हरित मध्यस्थता प्रवर्द्धन गर्न…