काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको उनको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बिरामी भएपछि बुधबारका लागि तय गरिएको भेटघाट लगायतका कार्यक्रम रद्द गरिएको छ ।