काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्यो । काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए । ३४ बलमा उनले १० चौका प्रहार गरे । त्यस्तै माइकल लेभिटले ३२ रन, भीम सार्कीले २२ रन र…