काठमाडौं । बुद्ध एयरले ७२ सिट क्षमता भएको जहाज ल्याउने भएको छ । बुद्धले ल्याउने एटीआर–७२ जहाज नेपालमा आगामी जुन महिनाको दोस्रो साता नेपाल आइपुग्ने छ । जहाज उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । नयाँ जहाजको कलसाइन नाइनएन–एएमयू हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला…