काठमाडौं । नेपाल टेलिकमले १४औं वार्षिकोत्सवको उपलक्ष्यमा २४७ औँ हप्ताको बागमती सफाइ महाअभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको छ । टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन्…